निर्वाचन-२०७९

के जरिवाना नतिर्ने उम्मेदवारको नाम बन्दसूचीबाट आयोगले हटाउँला ?

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीमा परेर जरिवाना नबुझाएका उम्मेदवारलाई कारबाही गर्ने भएको छ। गतत ३१ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाएर तोकिएको जरिवाना नतिर्ने उम्मेदवारलाई बन्दसूचीबाट हटाउने निर्णय आयोगले यसअघि गरेको थियो।

सोही निर्णय अनुसार आयोगले शनिबार ५ कात्तिक सम्म जरिवाना बुझाउने समय दिएको थियो। जरिवाना नतिर्ने उम्मेदवारहरुलाई समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने तयारी आयोगको छ।

उम्मेदवार भएर खर्चको विवरण नबुझाएका ४०८ जनाको नाम आगामी निर्वाचनमा सहभागी गराउनका लागि राजनीतिक दलले समानुपातिककको बन्दसूचीमा पेस भएको थियो। त्यसमध्ये केहीले आयोगलाई जरिवाना तिरिसकेका छन् भने धेरैजसोले तिर्न बाँकी छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसबारे आज निर्णय हुने छ। ‘हामीले प्रत्येक जिल्लाको निर्वाचन अधिकृतको कार्यालयसँग विवरण मागिसकेका छौं,’ वाग्लेले भने, ‘शनिबार साँझसम्म सबै विवरण प्राप्त भएको छ। सोही विवरणको आधारमा आज आयोगले निर्णय गर्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *