ताजा समाचार

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी गलफ्रेन्ड जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।
उनीहरूले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन्। ‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ।’ जुम्ल्याहा बच्चाको आशा गरेका उनीहरूले दुई मध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका हुन्।

३७ वर्षिय रोनाल्डो अहिले ५ बच्चाका पिता छन् । प्रेमिका रोड्रीगुएजबाट यसअघि पहिलो बच्चा अलाना मार्टिनाको २०१७ मा जन्म भएको थियो। मार्टिना बाहेक रोनाल्डोका छोरा रोनाल्डो जुनियर र जुम्ल्याह इभा र माटेओ छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *