काठमाण्डाैं । नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ नेकपा एमालेका नेता गाेकुल वास्काेटाले दराे ब्यग्य हानेका छन। हालै भएका सरूवा,बढुवा र नियुक्तिमा अध्यक्ष दाहाल निकट नेता र नातेदारलाइ नै नियुक्ति दिएपछि उनले कडा ब्यंग्य प्रहार गरेका हुन। सरकारले हालै २० देशका राजदुत सिफारिश गरेका छ र तिनमा याेग्य भन्दा पनि वफादार मानिसलाइ नियुक्ति दिइएकाे छ भनेर टिप्पणी भइरहेकाे छ।यस्ताे बेलामा एमाले नेता वास्काेटाले भनेका छन-अस्ती जस्तो लाग्छ-लडाकुका जीउमा रहेका जीवीत गोली सम्झदै सुप्रिमोले भक्कानो छोडेको तर सांसद राजदुत नियुक्तिको सुची हेर्दा सर्वहारतन्त्र हैन प्रचण्डको परिवार तन्त्र मात्रै हावी रहेछ।बोलमाया एकफेर बोल !




