काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमालेमा प्रवेश गर्ने भएकी छन्।
एमाले नेता विष्णु रिजालका अनुसार करिश्मा आज पार्टी प्रवेश गर्न लागेकी हुन् ।
यसअघि नै मानन्धरले एमाले प्रवेश गर्ने निर्णय लिएकी थिइन् ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।




