समाचार

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *