राजनीति

एमाले धनुषा अध्यक्षमा पुनः यादव चयन

काठमाडौ । नेकपा एमाले धनुषाको अध्यक्षमा पुनः राजकिशोर यादव चयन भएका छन् । बुधबार सम्पन्न पार्टीको सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । अधिवेशनले १३५ सदस्यीय जिल्ला कमिटी समेत गठन गरेको छ । 

त्यसैगरी उपाध्यक्षमा भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिवमा श्याम पुर्वे सर्वसम्मत चयन भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *