समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थिथत संसद भवनमा जारी समितिको बैठकले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।

बिहीबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने बुधबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो ।

एमसीसी अनुमोदन गर्न नहुने भन्दै आन्दोलनन भइरहेका बेला सत्तारुढ दल पनि विभाजित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *