समाचार

सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको छ ।

अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *