समाचार

एकैदिन लगाइयो ८ लाख ७३ हजार ४३८ मात्रा खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एकैदिन ८ लाख ७३ हजार ४३८ मात्रा कोरोना खोप लगाइएको छ।

लक्षित उमेर समूहअनुसार १८ वर्षभन्दा माथिका ८१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने पहिलो मात्रा लगाउने ९० दशमलव ८ प्रतिशत पुगेको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १८ वर्षमाथिका एक करोड ८० लाख ८५ हजार ५३९ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै, १८ वर्षमाथि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ६१ लख ३७ हजार ९३० जनाले पूर्ण मात्रा लगाएका छन् ।

यसैगरी, मन्त्रालयका अनुसार १८ वर्षमुनिका बालबालिकामा ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । पहिलो मात्रा लगाउने ८८ प्रतिशत पुगेका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप नेपालमा आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *