काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमाली एमाले प्रवेश गरेका छन् । सिमालीसहित माओवादीका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका हुन् ।
आइतबार एमाले पार्टी कार्यालय थापाथलीमा नेता सिमालीसहित दाङका ३५ माओवादी कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।




