काठमाडौं । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा मारुती भ्यान र टिपर एक आपसमा ठोकिएको छ ।
मुग्लिनबाट भरतपुरतर्फ जादैँ गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट आएको लु २ ख १७०१ नम्बरको टिपर ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएका छन् ।।
दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो ।
निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममम बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ ।




