समाचार

परराष्ट्रमन्त्री खड्का चुनावी प्रक्रियाबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का १४ औं महाधिवेशनको चुनावी प्रक्रियाबाट अलग भएका छन् ।

हाल निर्वाचित केन्द्रीय सदस्य रहेका खड्काले कुनै पदमा उम्मेदवार दिएनन् ।

उपसभापति दावी गरिरहेका खड्काले सो पदमा शेरवहादुर देउवाले उम्मेदवार नबनाएपछि चुनावी प्रक्रियाबाट अलग भएका हुन् । यद्यपि उनी देउवासंगै सभागृह पुगेका थिए ।

डा. खड्का १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट निर्वाचित भए पनि त्यसपछि देउवातिर लागेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *