काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
निधिले घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका हुन् । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभव रहेको बताउँदै निधिले उम्मेदवारी दिएको बताएका छन् ।




