राजनीति

महाधिवेशन प्रतिनिधि चुनिए राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खुलातर्फ १० जना विजयी हुनेमा श्रेष्ठ नवौं नम्बरमा रहे । उनले ३ सय २० मत प्राप्त गरे ।

सो क्षेत्रमा खुलातर्फबाट डा. सुर्यकान्त घिमिरे ,शंकरप्रसाद कंडेल, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कैलाश कोइराला, रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ र चन्द्रध्वज गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *