राजनीति

मुख्यसचिव कृष्ण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौँ ।नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका पौडेल पराजित भएका हुन्।

प्रसाद पौडेलले ८३ मत ल्याएका छन्। स्याङ्जाबाट क्रियाशील सदस्य रहेका पौडेलले यसपटक काठमाडौं ७ मा सारेका थिए। आमाको निधन भएकाले पौडेल अहिले काजक्रियामा छन्।

काठमाडौ ७ मा सोमबार भएको अधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। उनी सुनिल थापा सहित राप्रपा बाट कांग्रेस प्रवेश गरेका थिए। उनले ६० मत प्राप्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *