ताजा समाचार

माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ। आगामी ११ देखि १३ पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनलाई लक्षित गरी आजदेखि वडा अधिबेशन गर्न लागेको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाइएको छ। निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

माओवादीले वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न यथाशक्य प्रयास गर्न निर्देशन दिएको छ । निर्वाचनमा जानै परेको खण्डमा पनि समूहगत निर्वाचनमा जान नपाइने माओवादीको निर्देशन रहेको छ ।

११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *