ताजा समाचार

सुतिरहेकै अवस्थामा आमा र एकमहिने छाेरीकाे मृत्यु, बाबु अचेत अवस्थामा फेला

काठमाडौं । बौद्ध गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीमा एक महिने शिशुसहित आमा मृत फेला परेकि छिन् भने बाबुको अचेत अवस्थामा उद्धार गरिएको छ ।
बिहीबार बिहान २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरी मृत फेला परेका हुन् भने उनको श्रीमान् ३२ वर्षिय दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका हुन्।

सिन्धुपाल्चोकका उनीहरू नयाँपाटीस्थित डेरा गरी बस्थे । सुत्केरी र शिशुलाई तातो बनाउन हिटर बालेर सुतेका उनीहरु अबेरसम्म नउठेपछि घरपेटीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी पुग्दा आमा र बच्चालाई मृत र बाबु अचेत अवस्थामा फेला पारेको थियो । हिटर बालेर सुत्दा निस्सासिएर निधन भएकाे हुन सक्ने प्रहरीले जनाएकाे छ ।

अहिले दोर्जेको स्वास्थ्यमा सुधार आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *