ताजा समाचार

महारेजकाे ह्याट्रिकमा बर्नलीमाथि म्यान्चेस्टर सिटीको गोलको वर्षा

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले बर्नलीमाथि गोलको वर्षा गरेको छ । शनिबारको खेलमा बर्नलीमाथी सिटिले ५–० को शानदार जीत हासिल गरेको हो । सिटीको जीतमा रियाद महारेजले ह्याट्रिक गरे भने बेन्जामिन मेन्डी मेन्डी र फरान टोरेसले एक–एक गोल गरे ।

जीतपछि ९ खेलबाट १५ अंक बटुल्दै सिटी लिगको आठौँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेल सिटीले खेलको छैटौं मिनेटमा नै रियाद महारजेको गोलबाट अग्रता लिएको थियो । उनले २२औं मिनेटमा दाेस्राे र ६९औं मिनेटमा तेस्राे गाेल गरे ।

४१औं मिनेटमा बेन्जामिन मेन्डीले केभिन डि ब्रुयनकै पासमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ६६औं मिनेटमा गाब्रियल जेससको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७५औं मिनेटमा बर्नलीका गोलरक्षक बेइले पिकक फारेलले आफ्नै पोस्टमा गोल गरेपनि उक्त मुभमा जेसस अफसाइड देखिदा भिएआरबाट बान्यता पाएन ।

यो जितसँगै सिटी ९ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नली ५ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *