काठमाडौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आज (आइतबार) नेपाल आउँदै छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री एवं पूर्व रक्षामन्त्री इश्वर पोखरेललाई पनि भेट गर्नेछन् ।
उनी आजै साँझ नै फर्कने छन् ।




