ताजा समाचार

सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’

काठमाडौं । सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ । राजेन्द्र स्वयंमको संगीत रहेको गीतले माया गर्ने जोडीहरुमा उत्पन्न हुने शंकाको बिषयमा चर्चा गर्न खोजिएको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडल पल शाह, नायिका बर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् ।

सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत चर्चामा रहेका छन् । गीतले सार्बजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ । सार्बजनिक भएको १७ घण्टामै ३ लाख ८० हजार भ्यूअर सहित युटुब टे«न्डिङको २५ औं नम्बरमा आइपुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *