काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयन तथा उपप्रधानमन्त्री बनाउने तयारीविरुद्ध परेको रिट उपर मुद्दा सर्वोच्च अदालतको ६ नम्बर एकल इजलाशमा पेशी चढेको छ ।
अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको अलग अलग रिटउपर आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा पेसी चढेको हो । दुई रिटमध्ये भट्टको १ र त्रिपाठीको २ नम्बरमा पेसी चढेको छ । वामदेवको विषयलाई उठाएर रिट दायर गरिए पनि उस्तै प्रकृतिको चुनावी अन्तरकथा भएका र अर्को प्रक्रियाबाट राष्ट्रियसभा सदस्य हुनुभएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि यो मुद्दाबाट प्रभावित हुनेछन ।
मुद्दामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, राष्ट्रियसभा सचिवालय र वामदेव गौतमलाई विपक्षी बनाइएको छ ।




