काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा ९० रुपैयाँले घटेर तोलाको १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




