ताजा समाचार

सप्तरीको रुपनी गाउँपालिकाका वडाध्यक्षको निधन

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको सोमबार ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्किएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि सोमबार बिहान धरान लगिएको स्थानीयवासी मुक्ति साहले बताए ।

सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा थिए । उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा ५ सय ६६ मत ल्याएर निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *