ताजा समाचार

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद पुर्नगठनबारे छलफल

 काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको छ । नेकपा कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएपछि त्यसको तयारीमा लागेको हो।
‘आजको पहिलो अजेण्डाका रूपमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मात्रै नीतिगत छलफल भएको छ’, बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई अझ प्रभावकारी बनाउने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएको छ । उनले बैठकमा आफू र वामदेव गौतम सरकारमा जाने विषयमा भने कुनै छलफल नभएको बताए ।
श्रेष्ठका अनुसार नेकपाको सचिवालय बैठक भोलि दिउँसो १ बजे पेरिसडाँडामै बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *