चितवन । चितवनमा कोरोना (कोभिड १९)बाट संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए ।
पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वास प्रश्वास तथा निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।




