ताजा समाचार

प्रजातन्त्रको सौन्दर्य फरक विचार : अध्यक्ष थापा   

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताएका छन। उनले भने “प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ । ” पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उनले पार्टीलाई शसक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिमा रुपान्तरण गर्ने बताए।

उनी पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरिरहेका छन । केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरीक अवस्था एवम् भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षलाई जानकारी गराएको पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा जिल्ला अध्यक्षले जिल्लामा जनपरिचालन गर्नुपर्ने आवश्यकतामा दिए। बैठकमा ५१ जिल्लाका अध्यक्ष सहभागी हुनुभएका केन्द्रीय सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *