काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया भएको छ । उहाँको काठमाडौँको तिलगंगास्थित आँखा अस्पतालमा दायाँ आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सक टोलीले सभामुखको आँखाको शल्यक्रिया गरेको हो । आँखामा समस्या देखिएपछि उहाँ तिलगंगा भर्ना हुनुभएको थियो । उपचारमा भएको सबै खर्च आफैले तिर्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।




