ताजा समाचार

पार्टी विरुद्ध अभिव्यक्ति दिएका मल्ललाई कांग्रेसले गर्‍याे ५ वर्षका लागि पार्टीबाट निश्कासन

काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले महासमिति सदस्य श्री महेन्द्र मल्ललाई कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निश्कासन गरेको छ । बुधवार बसेको अनुशासन समितिको बैठकले बाकेका मल्ललाई पार्टीबाट निश्कासन गरेको हो ।

पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिएका मल्ललाई पार्टीको विधानमा भएको व्यवस्था बमोजिम कारवाही गरिएको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । मल्लले बाँकेको खजुरामा पार्टी सभापति किरण कोइरालामाथि भएको सांघातिक हमलाको प्रतिरक्षा गर्दै नेकपाका पक्षमा अभिव्यक्ति दिएका थिए ।

मल्ललाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले निजलाई नेपाली कांग्रेस पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङं) अनुसार ५ वर्षका लागि पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको सचिव केसीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *