काठमाडौं । अनसनरत ‘इनफ इज इनफ’ अभियानका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली विहिबार साँझअस्पताल पुगेका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै पुकार बम अनसनमा छन् । स्वास्थ्य बिग्रिएपछि दुवैको धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा उपचार भइरहेको छ । पाटनस्थित पाटन दरबार स्वायरमा ७ दिनदेखि अनसन बसेका उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार नै हृयाम्स लगिएको थियो ।
प्रधानमन्त्रीले अनसन तोड्न र वार्तामा बस्न आग्रह गरेको अभियान्ता मध्येका एक सुरज पाण्डे पाण्डेले बताए । ओलीले सरकारले कोभिड १९का लागि पारदर्शी रुपले काम गरिरहेका कारण अनशन बस्नुपर्ने अवस्था नभएको पनि बताएका थिए ।




