ताजा समाचार

कोरोना भाइरसको आशंकामा टेकु अस्पताल भर्ना गरिएका चार जनाकाे रिपोट नेगेटिभ

  • काठमाडौं । कोरोना (कोभिड(१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *