ताजा समाचार

नेकपा केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रिभोज

काठमाडौं । पाँच दिनदेखि राजधानीमा जारी नेकपा केन्द्रीय कमिटीको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिने भएका छन् ।

बैठकलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेलगत्तै बैठक समापनको घोषणा गरिएको छ । बैठककै क्रममा केन्द्रीय सदस्यहरुलाई सकिएलगत्तै प्रधानमन्त्री ओलीको तर्फबाट बालुवाटारमा रात्रिभोजका लागि निम्तो दिइएको थियो । यसअघि पार्टीका सांसदहरुलाई मात्र रात्रिभोजका लागि निम्तो दिइएको थियो । अब निम्तो पाएपछि केन्द्रीय सदस्यहरु पनि रात्रिभोजका लागि बालुवाटार गएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *