ताजा समाचार

कानुनमन्त्री बन्दै शिवमाया

काठमाडौं। उपसभामुखबाट राजिनामा दिएकी डा. शिवमाया तुम्बाहाङ्फेलाई कानुन मन्त्री बनाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान डा.उपसभामुख तुम्बाहाङ्फेलाई वालुवाटारमा बोलाएर मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएपछि उनी मन्त्री बन्ने निश्चित भएको हो ।

उपसभामुख पदबाट राजिनामा दिनुअघि सोमबार विहान वालुवाटारमा बोलाएर दुवै अध्यक्षले सो आश्वासन दिएको स्रोतले दावी गरेको छ । अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकाल र शहरी विाकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्री समेत रहेका गोकुल बाँस्कोटाले पाएका छन् । ती दुई मध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाउने नेकपा स्रोतले जनाएको छ ।

‘सभवत एक साताभित्रै जिम्मेवारी दिने कुरा भएको छ ढिलो भए सभामुख निर्वाचनको प्रकृया लगत्तै उहाँलाई दुई मध्ये एक मन्त्रालयको मन्त्री बनाइनेछ’, नेकपा स्रोतले भन्यो । कानुनकी विद्यार्थी समेत भएका कारण उनलाई कानुनमन्त्री बनाउने हल्ला पहिला पनि चलेको थियो । तर उनले यो प्रस्ताव कतैबाट पनि नआएको बताउदै आएकी थिइन । सोमबार विहान ओली दाहालसँगको भेटघाटमा अर्का अध्यक्ष दाहालले नै पार्टीभित्र उचित जिम्मेवारी दिने मेरो दायित्व हो भने प्रधानमन्त्री भएको नाताले सार्वजनिक राजकीय जिम्मेवारी दिने दायित्व ओलीजीको हो भन्दै निकट दिनमै उचित जिम्मेवारी दिने आश्वासन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *