काठमाडौं।एक समयका चर्चित हाँस्यकलाकार तथा फिल्म निर्माता सिपी पौडेल अस्पताल भर्ना भएका छन् ।उनलाई ४ दिन अगाडि ललितपुरको सर्बाङ्ग अस्पतालको आइसियुक क्षमा भर्ना गरिएको थियो ।
फोक्सोमा पानी जमेर स्वासप्रस्वासमा समस्य देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनकी श्रीमती उर्मिला पौडेलले बताइन् । उर्मिलाको अनुसार उनको मृगौलामा पनि समस्या देखिएको छ । उपचारपछि सिपीको अवस्थामा केही सुधार देखिएपनि आइस्युमै राखेर उपचार भइरहेको उमिर्लाले जानकारी दिइन् ।
करिब दुई दशक भन्दा लामो समयदेखि अभिनयमा क्रियासिल सिपीले स्टार, नागवेली, टिचर लगायत थुप्रै चलचित्र तथा तीन दर्जन बढी सानोपर्दाको चलचित्र अभिनय गरेका छन् ।
‘सिलसिल’बाट चलचित्र निर्माणमा देखिएका सिपीको निर्माण रहेको पछिल्लो चलचित्र ‘लिला’ हो । जुन केही बर्ष अगाडि प्रदर्शनमा आएका थियो ।
सम्बन्धित समाचार
१९ फाल्गुन १९:०९
१६ फाल्गुन २१:०५
१६ फाल्गुन २२:४३
१४ फाल्गुन १३:१०
१३ फाल्गुन १९:३२
१९ फाल्गुन १८:२३
१५ फाल्गुन १३:२१
१२ फाल्गुन २२:२७




