मनोरञ्जन

सज्जाले जितिन नेपाल आइडल सिजन–३ को उपाधि

काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले हात पारेकी छन । शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि हात पारेकी हुन ।

ग्राण्ड फिनालेमा फस्ट रनरअप उपाधि बर्दिया राजापुरका प्रवीण बेडुवाले हातपारे भने सेकेन्ड रनरअपको उपाधि महोत्तरी बर्दिवासका किरणकुमार भुजेलले हातपारे ।

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख,फस्ट रनरअप भेडुवालले १० लाख र सेकेन्ड रनरअप भुजेलले पाँच लाख नगद हात पारेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *