फिचर

राष्ट्रियसभाको चुनावमा सबै ठाउँबाट हामीले जित्छौंः अध्यक्ष नेपाल

संकल्पखबर। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज भइरहेको राष्ट्रियसभाको चुनावमा गठबन्धनले सबै सिट जित्ने बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै नेपाल यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’
राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उनले बताए ।

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसके राम्रो हुने बताए ।

‘एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ,’ नेपालको भनाइ छ, ‘तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ । एकैपटक गर्दा यो खर्च जोगिन्छ । उम्मेदवारको पनि पैसा जोगिन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *