काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
तेस्रो इन्डियन आइडलका विजेता रहेका तामाङको आइतबार बिहान दिल्लीस्थित निवासमा निधन भएको हो । ४३ बर्षिय तामाङको हृदयघातबाट निधन भएको बताइएको छ ।
तामाङको निधनप्रति गायक प्रमोद खरेलले श्रद्धाञ्जली व्यक्त गर्दै अप्रिय र अपत्यारिलो खबर सुन्नु परेको भन्दै प्रशान्त तामाङ हामी बीच नरहेको उल्लेख गरेका छन् ।
इन्डियन आइडल जितेपछि भारतीय प्रहरीको जागिर छोडेर गायन र कलाकारितालाई आफ्नो क्यारियर बनाएका थिए । तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय पनि गरेका थिए ।




