मनोरञ्जन

नोरा फतेही नेपालमा

काठमाडौँ। बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आइपुगेकी छन् ।उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा आज साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन्

वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् ।

कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिने भएका छन् ।

कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालको चन्द्रकला राई लगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *