काठमाडौं । पछिल्लो समय अभिनेत्री सुष्मा कार्की खासै चलचित्रमा देखिएकी छैनन् । सहपाठीहरूसँगै उनको राम्रो सम्बन्ध छैन । उनी बेलाबेलामा विवाद र गसिपमा छाइरहेकी हुन्छिन् ।
यसैक्रममा अभिनेत्री तथा मोडल कार्कीले आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । सुष्माले अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्का र रमाइलो छ युट्युबका सञ्चालक पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।
आफूसँग सबै रेकर्ड भएको बताउँदै सुष्माले आफूमाथि उत्सबले गालीगलौज गरेको र श्वेताकी बहिनीले कुटपिट गरेको जनाएकी छन् । यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।




