काठमाडौं । अभिनेत्री ऋचा शर्माले नयाँ सिनेमाको घोषणा गरेकी छन् । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर ऋचाले नयाँ चलचित्र ‘कौसीद’ को घोषणा गरेकी हुन् ।
ऋचाले शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण गर्ने जानकारी दिएकी हुन् ।चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्ने भएका छन् भने, केदार भुषालले निर्माण गर्नेछन् ।
ऋचा प्रस्तुतकर्ता रहेको चलचित्रमा डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहनेछन् । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि खेल्ने भएका छन् ।





