मनोरञ्जन

हास्य कलाकार मनोज गजुरेललाई संक्रमण

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलाई कोरोना पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी गराएका छन् । टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको उनले उल्लेख गरेका छन् । संक्रमण पुष्टिपछि उनी आइसोलेसनमा बसेका छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन समेत आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *