शिक्षा / स्वास्थ्य

जोखिम भत्ता उपलब्ध गराउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ।

कोरोना महामारीमा खटिने सबै स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको स्पष्ट पारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *