शिक्षा / स्वास्थ्य

थप १६६९ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

अहिलेसम्म मृत्यु हुने १३२१ जना

काठमाडौं । नेपालमा थप १६६९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १६६९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८०३२ जनाको गरिएको नमूना पीसीआर परीक्षणमा १६६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुने १३२१ जना छन् ।नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६० रहेको मन्त्रालयले जानकारी दिएको छ ।  

कोरोना संक्रमणबाट गत २४ घण्टामा ५६९९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने ९०.३ प्रतिशत रहेको छ ।

अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १९९६३ र क्वारेन्टाइनमा ६८६ जना बसेका छन् ।यससँगै कुल संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ ।

उपत्यकामा ९५७ जना संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ९५७ जना संक्रमित भएका छन् । काठमाडौंमा ७७३, भक्तपुर ५३ र ललितपुर १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *