देश

काठमाडौं–३ बाट उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ चुनावी मैदानमा,गराए उम्मेदवार दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि घिसिङले निर्वाचन कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा थप सक्रिय बनेका घिसिङ यस निर्वाचनलाई महत्वपूर्ण राजनीतिक चुनौतीका रूपमा लिइरहेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि घिसिङ ऊर्जामन्त्रीको जिम्मेवारीमा पुगेका थिए। ऊर्जा क्षेत्रमा देखिएको उनको सक्रियता र सार्वजनिक छविका कारण उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

काठमाडौं–३ मा घिसिङको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेसँग हुने भएको छ। दुई फरक राजनीतिक धारका उम्मेदवारबीचको प्रतिस्पर्धाले यो क्षेत्रको चुनावी समीकरण थप रोचक बन्ने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *