देश

नेकपाको उम्मेदवार सूची सार्वजनिक, खनाल र गौतम बाहिरिए

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले सार्वजनिक गरेको सूचीमा यसपटक नयाँ अनुहारलाई प्राथमिकता दिइएको देखिन्छ।

उम्मेदवार छनोटमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सहसंयोजक माधवकुमार नेपालसम्म समेटिएका छन्। प्रचण्ड पूर्वी रुकुमबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् भने माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।

तर, यसपटकको सूचीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री बामदेव गौतम समावेश छैनन्। लामो समयदेखि पार्टी नेतृत्वमा रहेका यी दुवै नेता उम्मेदवारको सूचीबाट बाहिर रहनुले नेकपाभित्र पुस्तान्तरण र नयाँ नेतृत्व अघि सार्ने रणनीतिका रूपमा हेरिएको छ।

पार्टी स्रोतका अनुसार उम्मेदवार छनोट गर्दा संगठनात्मक सक्रियता, स्थानीय पकड र चुनावी सम्भावनालाई आधार बनाइएको छ। सार्वजनिक सूचीसँगै नेकपाले चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ।

निर्वाचन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *