काठमाडौँ। पश्चिम नेपालका नौ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरूले पार्टीको आधिकारिक निर्णयबिना आह्वान गरिएको विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन्।
शुक्रबार जारी संयुक्त विज्ञप्तिमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, हुम्ला, रुकुमपश्चिम, डोल्पा र सल्यानका सभापतिहरूले पार्टीका सबै तहका पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिलाई उक्त महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
उनीहरूले वर्तमान अवस्थामा घोषित १५औँ महाधिवेशन र आम निर्वाचनलाई असर पार्नेगरी हुने विशेष महाधिवेशनले पार्टी एकतालाई कमजोर बनाउने र देशलाई दुर्घटनातर्फ धकेल्ने चेतावनी दिएका छन्।





