काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। अध्यक्ष अशोक राई नेतृत्वको जसपाले मन्त्री प्रदीप यादव र नवलकिशोर साहलाई हटाएर उनीहरूको ठाउँमा डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने तयारी गरेको हो।
पार्टी उपाध्यक्ष परशुराम बस्नेतका अनुसार, प्रधानमन्त्री कार्यालयलाई यसबारे आधिकारिक जानकारी गराइसकिएको छ। उनले भने, “भदौ ११ गतेभित्र मन्त्री यादव र साहले राजीनामा दिनुहुनेछ, त्यसपछि नयाँ मन्त्रीहरूले पदभार ग्रहण गर्नुहुनेछ।” जसपाले एक वर्षको लागि यादव र साहलाई सरकारमा पठाएको थियो। तर उनीहरू एक वर्षभन्दा बढी समयसम्म पदमा बसेपछि फेरबदल गर्ने निर्णय गरिएको हो।
पार्टीको भागमा मन्त्री बन्ने चर्चा यसअघि पनि भएको थियो। जसपा गठनको समयमा रञ्जु झा ९ठाकुर० विना विभागीय मन्त्रीमा सिफारिस भएकी थिइन् तर उनले “एक वर्ष कुर्ने” भन्दै पद ग्रहण नगरेकी थिइन्। त्यस्तै, डा। वीरेन्द्र महतो यसअघि जसपा नेपाल सरकारमा सहभागी हुँदा वनमन्त्री बनेका थिए।
जसपाको यो निर्णयलाई आगामी राजनीतिक समीकरणमा नयाँ संकेतको रूपमा हेरिएको छ।




