खेलकुद

बास्केटबलमा जापानसँग हार्‍यो नेपाल

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला यू–२३ थ्री बाई थ्री बास्केटबलमा सोमबार नेपाली टोली पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ अंकले पराजित गर्‍यो ।

नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान दुई–दुई स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।

समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि रहेका छन् । प्रतियोगितामा नेपालले बुधबार काजाकिस्तानसँग र शुक्रबार ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *