देश

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने भएका छन ।

प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा जानकारी गराउने छन् । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनले सो सम्बोधन दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *