मुख्य समाचार

११ र १२ फागुनमा गर्ने भनिएको एमाले महोत्तरी अधिवेशन स्थगित

काठमाडौं । नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएको अधिवेशन स्थगित भएको छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएको एमाले महोत्तरीले जनाएको छ ।

आन्तरिक कलहका कारण पटक(पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो ।

प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले बुधबार ९११ फागुन० हुने भनिएको अधिवेशन स्थगित भएको हो ।

ुभोलि निर्धारण गरिएको अधिवेशन हुन नसक्ने देखिएको छ । अब प्रदेश र केन्द्रसँग समन्वय गरेर पुनस् गृहकार्य गर्छौं,झ केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भने ।

यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागि परेको एक पक्षको आरोप छ । अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *