राजनीति

देउवा र प्रचण्ड माथि छानबिन गरी कारबाही गर्न नेता रावलको माग

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि छानबिन गरी कारबाहीको माग गरेका छन् ।

सोमबार बसेको अन्नराष्ट्रिय सम्बन्ध समन्वय समितिको बैठकमा नेता रावलले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताएका हुन् । देउवा र प्रचण्डले गोप्य रुपमा एमसीसीलाई पत्र लेख्नु कूटनीतिलाई कसरी कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना भएको रावलले बताएका छन् ।

‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ ? यसमा छानबिन भएर कारबाही हुनुपर्छ,’ रावलले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *